सिटीसँगको दूरी घटाउँदै लिभरपुल, आर्सनल बराबरीमा रोकियो
baahrakhari.com · Mon Jan 24 00:43:00 GMT 2022
काठमाडौं । लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै शीर्ष क्लब म्यानचेस्टर सिटीसँगको अंक दूरी ९ अंकमा घटाएको छ ।
भ्रमणकारी लिभरपुलले आठौँ मिनेटमै भर्जिल भान डाइकको गोलबाट अग्रता लिएको थियो । भान डाइकले एन्ड्रयु रोबर्टसनको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । रोबर्टसनकै पासमा एलेक्स अक्सलेड–चेम्बरलिनले ३२औँ मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)