देशभर स्थानीय वायुको प्रभाव: प्रदेश १ र गण्डकीमा भारी वर्षाको सम्भावना
nepallive.com · Sat Jun 18 00:54:00 GMT 2022
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर स्थानीय वायुको प्रभाव छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जानकारी दिएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)