आइपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित
pahilopost.com · Wed Apr 21 17:57:38 GMT 2021
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ५ बल बाँकी छँदा अलआउट हुँदै २०२ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)