सेभियालाई हराएर बार्सिलोना दोस्रो स्थानमा
ekantipur.com · Mon Apr 04 00:55:47 GMT 2022
काठमाडौँ — पेड्रीले गरेको उत्कृष्ट गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा सेभियालाई १–० ले हराएको छ । यो जितपछि ज्याभीको बार्सिलोना सिजनमै पहिलो पल्ट दोस्रो स्थानमा उक्लिन पनि सफल रह्यो ।
क्याम्प नुमा भएको खेलमा १९ वर्षीय पेड्रीले ७२ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि बार्सिलोनाको २९ खेलबाट ५७ अंक भएको छ । रियल म्याड्रिड भने ६९ अंकसहित शीर्ष स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)