सप्तरीमा सवारी दुर्घटनामा मियाको मृत्यु
gorkhapatraonline.com · Mon May 18 05:02:59 GMT 2026

सप्तरीमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–८ का ५५ वर्षीय कलुवा भन्ने हनिफ मियाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–८, विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको प्र.२–०१–००१ त १७१३ नम्बरको ट्याक्टर र हनिफ मियाले चलाएको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मियाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)