संसदीय टोली होल्डिङ सेन्टरमा पुग्दा जे देखियो... (तस्बिरहरू)
baahrakhari.com · Mon May 18 05:01:32 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यले काभ्रेको बनेपामा काठमाडौंका सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । समिति सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार (जेठ ४) बिहान होल्डिङ सेन्टर पुगेको हो ।
टोलीले त्यहाँ रहेका सुकुम्वासी बस्तीका नागरिकसँग छलफल गरी तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ । सरकारले समस्या समाधान छिटो गर्ने उनीहरूले वाचा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)