आयाेजकलाई गाली गर्दै अमेरिका टुरबाट फर्किन् एलिना, नाेकरजस्ताे व्यवहार गरेकाे आराेप
nepalpress.com · Mon Oct 27 16:58:17 GMT 2025

काठमाडौं । गायिका एलिना चौहान संयुक्त राज्य अकेरिकाकाे एक महिनाभन्दा लामाे टुर सकेर फर्केकी छन् । काठमाडौं ओेर्लिनासाथ उनले आफूहरूलाई अमेरिका लैजाने आयाेजकप्रति आक्राेश पाेखिन् । याे भ्रमण आफ्नाेलागि ठूलाे सिकाइ भएकाे एलिनाकाे भनाइ छ ।
भ्रमणका क्रममा आफू र सहकर्मी कलाकारमाथि नाेकरजस्ताे व्यवहार भएकाे उनकाे टिप्प्णी छ । सामाजिक सञ्जालमा एलिनाले लेखेकी छन्, `जस्तो छ, त्यस्तै भन्छु, यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर् यो, कसैले अपमान सहनु पर् यो।´
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)