राप्रपाको केन्द्रीय समिति आज
rajdhanidaily.com · Sun May 14 23:45:49 GMT 2023
कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज (सोमबार) देखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा बस्दै छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति’bout छलफल गरिने नेता राजाराम श्रेष्ठले बताए ।
अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)