हिन्दुकुश–हिमालय क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने
hamrakura.com · Thu Jun 11 00:00:00 GMT 2026
काठमाडौँ । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विज्ञान केन्द्र (इसिमोड) ले उक्त अध्ययनसम्बन्धी ‘हिन्दुकुश–हिमालय (एचकेएच) मनसुन आउटलुक २०२६’ बिहीबार प्रकाशित गरेको हो।
विश्व तथा क्षेत्रीयस्तरका विभिन्न जलवायु मोडेलहरूको पूर्वानुमानमा आधारित यस आउटलुकको मुख्य उद्देश्य जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसमअघि सरकार, विपद् व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्वतयारीमा सहयोग पुर्याउनु रहेको छ। यस अध्ययनले नेपाल, भूटान, भारत र पाकिस्तानलगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा यस क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
मौसम