कला युगौँयुगसम्म जीवित रहन्छ : मन्त्री मोदी
lokaantar.com · Thu Feb 23 23:51:22 GMT 2023
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कलाकारहरुको कला युगौँयुगसम्म जीवित रहने बताएका छन् । नेपाल चलचित्र प्राविधिक संघको २० औँ साधारणसभालाई बिहीबार उदघाटन गर्दै मन्त्री मोदीले सो कुरा बताएका हुन् ।
कोही मान्छेको आयु हजार वर्ष नहुने बताउँदै मन्त्री मोदीले भने, “कोही पनि मान्छेको हजार वर्ष आयु हुँदैन । तर, कलाकारको कला युगौँयुगसम्म जीवित रहन्छ । लाखौँलाख वर्ष बाँच्छ ।” कलाकार राजेश खाँण, अमरेश पुरी यो दुनियाँमा नरहे पनि आज उहाँहरुको चलचित्र र अभिनयको छाप जीवन्त रहेको उनले बताए । नारायणगोपाल आज यो दुनियाँमा हुनुहुन्न, तर पनि आज उहाँको गीत संगीत कालजयी छ, उनले स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)