मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

nepalnews.com · Thu Jun 11 00:43:31 GMT 2026

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्यबाहेक काम सम्पन्न भएका छन्।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो। उनका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ । पुलको प्लाष्टर, रङरोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)