सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व सङ्कलन
lokaantar.com

हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु ६८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु ६८ लाख मात्रै सङ्कलन भएको जानकारी दिए । यहाँ आव २०७९/८० मा रु ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा करिब रु ४३ लाखसम्म मात्रै सङ्कलन भएको थियो । दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)