यस वर्ष पनि केराको खाप कोसेली दिएर लगाए दसैंकाे टीका
ekagaj.com · Thu Oct 21 16:08:54 GMT 2021
तनहुँ - कोजाग्रत पुर्णिमाको समाप्तीसंगै यसपालीको दशैँ पनि सकियो । सबैले आ–आफ्नो धर्म, संस्कार, चलनचल्ती र गच्छे अनुसार दशैँ मनाए । सोहि अनुसारको उपहार र कोसेली आफन्त कहाँ लगे । शुभकामनासंगै खुसी साटे ।
तर तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मगर समुदायले यसपाली पनि दशैँलाई फरक र मौलिक साँस्कृतिक रुपमा मनाए । दशैँको मुख्य विशेषता मान्यजनबाट टीका थाप्ने र आर्शिवाद ग्रहण गर्नु नै हो । यससंगै मगर समुदायकोे भने उपहार तथा कोसेली विशेष हुने गर्छ । यस भेगका मगरहरुमा मान्यजनको हातबाट टीका तथा आर्शिवाद थाप्न जाँदा एक खाप (एक काइयो) केरा कोसेली लैजानु पर्ने चलन छ । यो चलन विशेषतः पुरुषहरुमा लागु हुदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)