अनमीको घरमा अवैध प्रसूति सेवा
rajdhanidaily.com · Wed May 10 23:13:38 GMT 2023
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विनादर्ता अवैधरूपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ । शिवराज नगरपालिकाको वीरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै मापदण्डविपरीत प्रसूति सेवा सञ्चालन गरेको पाइएको हो ।
पहुँचका भरमा सञ्चालन गरेको प्रसूति सेवाको कसैले विरोध गर्न सकेका छैनन् । श्रीमानको संरक्षणमा उनले वर्षाैदेखि बिनादर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरिरहेको पाइएको एक स्थानीयले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)