दुर्गम बस्तीहरूमा स्वास्थ्यको दूरावस्था
annapurnapost.com · Tue Dec 19 00:34:47 GMT 2023
दुर्गम भन्नेबित्तिकै दूरदराजको ठाउँ भन्ने स्वतः बुझिन्छ। जहाँ अशिक्षामात्र हुँदैन, सँगै असुविधा र अभावैअभावको पहाड नै हुनसक्छ। खासमा परिस्थिति फेरिएको हुनुपर्ने हो। किनकि जमाना अहिले सूचना–प्रविधिको छ।
२१औं शताब्दीको यो अत्याधुनिक जमानामा हरेक विषय सहज भइसकेको छ। पहिले हुलाकबाट महिनौंपछि पुग्ने सूचना अहिले क्षणभरमै विश्वका सबै कुनामा पुग्न थालेको छ। यस अर्थमा दुर्गमवासीले जिल्लामा विशेषज्ञ सेवा पाउन थाल्नु कुनै नौलो विषय रहेन। सहरीयावासी हामीलाई झट्ट सुन्दा सामान्य लागे पनि, त्यहाँका लागि भने यो एउटा ठूलै परिवर्तन हो। खासमा कुनै समय नेपालका कुनाकाप्चाका अस्पतालहरूमा एकजना पनि डाक्टर हुँदैनथे। अहेबमात्र होइन, पियनले नै डाक्टर बनेर उपचार गरेका समाचार कैयौंपटक सम्प्रेषण भएकै हुन्। त्यसैले खासमा नागरिक बनेका नेपालीले आधारभूत स्वास्थ्योपचार पाउँदैनथे। विशेषज्ञ सेवाको त कुरै नगरौं। जनताले सित्तैमा ज्यान गुमाउँथे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)