लक्ष्यभन्दा बढीलाई पोलियोविरुद्धको खोप
baahrakhari.com · Fri Aug 02 17:47:33 UTC 2024

काठमाडौं । काठमाडौं उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दुई लाख ९७ हजार ९२५ बालबालिकालाई खोप लगाएको जानकारी दिए । उनले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)