मनसुनभर हेलिकोप्टरमा दुई पाइलट अनिवार्य
gorkhapatraonline.com · Thu Jun 11 00:47:36 GMT 2026

नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खायामको समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मनसुन अवधिभर नेपालमा सञ्चालन हुने हेलिकोप्टर उडानमा दुई जना पाइलट राख्नुपर्ने व्यवस्था गरेको छ ।
प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागले मनसुन सर्कुलर जारी गर्दै मेडिकल उद्धार उडानबाहेकका उडानमा दुई जना पाइलट हुनुपर्ने, पाइलट र डिस्प्याचरले उडानअघि विमानको प्राविधिक अवस्था तथा न्यूनतम उपकरण सूची अनिवार्य रूपमा जाँच गर्नुपर्ने, उडान मार्ग, गन्तव्य तथा वैकल्पिक विमानस्थलको मौसमसम्बन्धी सम्पूर्ण जानकारी लिनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)