मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छोरा कि छोरी

baahrakhari.com · Sat Oct 02 00:54:00 GMT 2021

वीणाले आफूलाई चिन्नै सकिन ऊ छोरा हो कि छोरी । घरका जहानहरू कोही उसलाई ‘छोरा’ भनेर बोलाउँथे कोही ‘छोरी’ भनेर । तर, उसलाई भने छोरा हुनाको खुब रहर थियो । प्रायशः बालकहरूमा छोरालाई छोरी र छोरीलाई छोरा हुनाको रहर हुन्छ ।

वीणा करिब चार वर्षकी, मुन्द्रामुन्द्रा परेको कैलो कपाल घाँटीसम्म राखेकी, सानो मुख, गोरी, गालाका टुप्पा स्याउजस्ता राता भएकी, मोहोरे आकार मुखाकृति, आकर्षक थिई । नुहाउने भनेपछि उसको सातो जान्थ्यो । कपालमा जुम्रा हेर्न थाल्यो भने उसलाई हुनसम्म कष्ट हुन्थ्यो, ‘नाइँनाइँ’ भनेर धुरुधुरु रुन्थी ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)