३६ प्रतिशतको तीतो कथा : दलितजति सुकुम्बासी बन्दै, साहूजी महँगा जग्गा थप्दै
annapurnapost.com · Thu May 27 06:20:00 GMT 2021
गोरखा : आरुघाट गाउँपालिका अप्रिकका लोकबहादुर गुरुङले १६ वर्षसम्म प्रहरी सेवामा काम गरेको कमाइले गोरखा बजारमा एउटा पक्की घर बनाए। घर बनाउँदा अपुग भएको १५ लाख रुपैयाँ तत्कालीन मनास्लु विकास बैंक (हाल एनएमबी)बाट ऋण लिएका थिए। घातक (खुट्टाको क्यान्सर) रोगबाट थलिएर उनी वीर अस्पतालको शय्यामा पुगेका बेला लगालग तीन किस्ता तिर्न सकेनन्।
बैंकको तारन्तारको ताकेताबाट पार पाउन श्रीमतीले गोरखा बजारका एक सुनचाँदी व्यवसायीसँग सयकडा ३६ रुपैयाँ ब्याज तिर्ने गरी २२ लाख रुपैयाँ ऋण लिइन्। तीन वर्षअघि लिएको २२ लाख रुपैयाँको सावाँ ब्याजबापत उनले हालै ७० लाख रुपैयाँको घर घडेरी गुमाए। अहिले सदरमुकामबाट केही पर डेरामा उनको बास छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)