संविधानको रक्षासँगै मुलुकको समृद्धि नै सत्ता साझेदारको मुख्य उद्देश्य : नेताहरु
hamrakura.com · Sun Jan 14 00:00:00 GMT 2024
पोखरा । सत्तासाझेदारका नेताले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै सत्ता साझेदारको मुख्य उद्देश्य भएको बताएका छन् । राष्ट्रियसभा निर्वाचन-२०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय साझेदार गण्डकी प्रदेशका तर्फबाट पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताले सत्ता साझेदार मुलुकको आवश्यकता भएको बताए ।
सत्तापक्षीय साझेदार दलका तर्फबाट गण्डकी प्रदेशमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)