डर्टमन्डको घरमा केनको ह्याट्रिक
ekantipur.com · Sun Nov 05 01:02:16 GMT 2023
डर्टमन्ड — बायर्न म्युनिखमा ह्यारी केनको उत्कृष्ट लयको प्रदर्शन शनिबार पनि कायम रह्यो र उनकै ह्याट्रिकको मद्दतले क्लबले जर्मन बुंडेसलिगामा आफ्नो प्रमुख प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई ४–० ले हरायो । डर्टमन्डको घरमा प्राप्त यो जितले बायर्नको लगातार १२ औं पल्ट लिग जित्ने अभियान सजिलो हुनेछ ।
केनले खेलको नवौं, ७२ र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरे । अर्को गोल डयोट उपामोकानोको नाममा रह्यो । इंग्लिस कप्तान केनले लिगका १० खेलमा १५ गोल गरिसकेका छन् । उनको यो बायर्न आए यताको तेस्रो ह्याट्रिक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)