पोखरामा काठमाडौंबाट घुम्न गएका केटाकेटीको सामुहिक मरण
janaaastha.com · Mon Oct 11 15:45:30 GMT 2021
आज दिउँसो कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा आठ जनाको मृत्यु पुष्टि भएको छ । अन्नपूर्ण गाँउपालिका १० घान्द्रुकको कलडाँडामा पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग.१ ज ६९०० नम्बरको जीप दुर्घटना भएको हो । दशैंको बिदामा काठमाडौंबाट पोखरा घुम्न गएका उनीहरु आज दुर्घटनामा परेका हुन् ।
चालकसहित नौ जना यात्रु बोकेको जीप भीरबाट दुई सय मीटर तल मोदी खोलामा खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो । २१ वर्षकी देविका घिसिङ एक जना भने भीरमा अड्किएको अवस्थामा फेला परेकी हुन् । उनको अवस्था सामान्य रहे पनि पूरै शरिरमा चोट छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)