मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनका साना सहरहरूमा घरजग्गाको मूल्यमा भारी गिरावट !

baahrakhari.com · Wed Apr 20 22:45:00 GMT 2022

बेइजिङ । चीनका साना सहरहरूमा विभिन्न ठुला कम्प्लेक्स भवन तथा अपार्टमेन्टका मालिकहरू मूल्य गिरावट र खरिदकर्ताको अभावले समस्यामा परेका छन् । जसले गर्दा करोडौँको सम्पत्ति खेर जाने जोखिम बढेको छ ।

गत सेप्टेम्बरदेखि नै चीनका ७० प्रमुख सहरहरूको अवस्था हेर्दा विशेषगरी साना सहरहरूमा घरजग्गाको मूल्य लगातार घटिरहेको देखिएको थियो । २०२१ मा ऋणमा डुबेका निर्माता कम्पनीहरूमाथि सरकारले कडाइ गर्न थालेपछि नै सम्पत्ति खरिदकर्ताहरूमा उत्साह घट्न सुरु भएको हो । जसले तरलता संकटसमेत निम्त्याएको थियो । यसपछि चीनमा देशव्यापी रूपमा पहिलोपटक घरजग्गाको मूल्यमा गिरावट आयो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)