मतपत्र पुग्यो ६० जिल्लामा, तराईका १७ जिल्लामा बाँकी
thahakhabar.com
काठमाडौं : निर्वाचन आयोगले आइतबारसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ। आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। आयोगका अनुसार सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री पठाउन तयारी अवस्थामा रहेको र सोमबार बिहान पठाइनेछ।
आयोगले वैशाख १७ गतेसम्म ९१ लाख ११ हजार मतपत्र ४९ जिल्लाका लागि पठाइसकेको र १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि पठाइसकेको जनाएको छ। आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ का मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुरमा मतपत्र पठाउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)