ब्याजदर वृद्धिमा राष्ट्र बैंकको लगाम, दुई दिनमै संशोधनको निर्देशन
nepalsamaya.com · Tue Oct 19 17:01:29 GMT 2021
काठमाडौं – बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि लागू गर्न भनेर प्रकाशित गरेको ब्याजदर बुधबारभित्रै संशोधन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। बजारमा तरलता अभावका कारण निक्षेपकर्ताहरुको बचत रोक्न बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदर बढाएका थिए।
बढेको ब्याजदरप्रति अत्यधिक आलोचना भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार साँझ तीनबुँदे निर्देशन दिँदै बुधबारभित्र प्रकाशित भइसकेको ब्याजदर पनि परिवर्तन गरी आफ्नो वेबसाइटमार्फत ग्राहकलाई जानकारी दिन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)