सरकार र उद्योगीको लडाइँको घानमा मजदुर,हजारौं मजदुर बेरोजगार
barnanmedia.com · Mon Oct 27 21:53:18 GMT 2025

सरकार र उद्योगीबीच डेडिकेडेट र टं«कलाइन विवादको घानमा मजदुर परेका छन्। देशमा लोडसेडिङ रहेका बेला ०७२ देखि ०७५ सम्म विशेष लाइनमार्फत् २४ घन्टा विद्युत उपभोग गरेबापतको महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले पटकपटक बक्यौता उठाउने प्रयास गरिरहेको छ । तर, उद्योगीहरु भने प्रमाण माग्दै अटेर गर्दै आएका बेला पछिल्लो पटक २३ वटा उद्योगको विद्युत लाइन काटिएको छ। जसकारण हजारौं मजदुर बेरोजगार बनेका छन्। उद्योगहरुको उत्पादन बन्द भएपछि कर्मचारी र मजदुरलाई अनिश्चितकालीन विदामा राखिएको हो।
दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको भैरहवाको अर्घाखाची सिमेन्ट कात्तिक ४ गतेदेखि बन्द छ । उद्योगका प्रशासन प्रमुख अजय भट्टराईले उत्पादन बन्द हुँदा ३ सय कर्मचारीलाई अनिश्चितकालीन विदामा राखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)