मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख घिमिरेले छाडे संसद पुनर्स्थापनाको मुद्दा, सबै दल निर्वाचनतर्फ केन्द्रित

barnanmedia.com · Mon Oct 27 21:56:25 GMT 2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेपछि देशमा चुनावी माहोल स्पष्ट भएको छ । नेपाल अहिले पुनः एक निर्णायक मोडमा पुगेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार, नयाँ ऊर्जा र जनअपेक्षाले भरिएको राजनीतिक वातावरणमा चुनाव हुन लागेको छ । संसद विघटनपछि देशले नयाँ यात्राको सुरुवात गरेको छ र अब सबैको नजर प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित भएको छ ।

निर्वाचन आयोगले व्यवस्थापकीय तयारी लगभग पूरा गरिसकेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जनाएका छन् । मतदाता नामावली अद्यावधिकदेखि मतपेटिका ढुवानीसम्मका सबै पक्षमा तयारी तीव्र गतिमा अघि बढिरहेको छ । सुरक्षा निकायहरुले पनि चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सकिने विश्वास सरकारसमक्ष प्रकट गरिसकेका छन् । सरकार स्वयं पनि शान्ति, सुरक्षा र स्रोतसाधन व्यवस्थापनमा केन्द्रित देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)