मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा दुई जनाले लिए उम्मेदवारी फिर्ता, एमालेका बागीले लिएनन्

farakdhar.com · Wed Oct 12 21:28:13 GMT 2022

सुनसरी क्षेत्र नं १ मा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका २ जना स्वतन्त्रले मनोनयन फिर्ता गरेका छन्।

धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (१) र प्रदेशसभा (२) का एक एक जना उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन्। मनोनयन दर्ता गराएकाहरुलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो। उक्त समयभित्र प्रदेशसभा १ मा पासाङ डोल्मा गुरुङले मनोनयन फिर्ता गरेका छन् भने प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार कमलबहादुर कटवालले मनोनयन फिर्ता गरेको निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए। प्रतिनिधिसभातर्फ भने कसैले पनि मनोनयन फिर्ता नलिएको उनले बताए। उनले भने, ‘कुल ४९ जनाको उम्मेद्वारी परेको थियो, अब ४७ जना भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)