डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
ratopati.com · Thu Jul 02 10:50:39 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो ।
विभागले बिहीबार जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा प्रति लिटर ४३ रुपैयाँको गिरावट आएको छ। यसअघि डिजेलको औसत बजार मूल्य प्रति लिटर २३५.८३ रुपैयाँ रहेकोमा हाल घटेर १९२.८३ रुपैयाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा करिब १८.२३ प्रतिशत हुन आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
यातायात व्यवस्था विभाग