त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनको आपत्ति
onlinekhabar.com · Thu Jul 02 10:45:11 GMT 2026

१८ असार, काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा सरकारले गरेको नियुक्तिको विरोध गर्दै उक्त निर्णयलाई राजनीतिक हस्तक्षेप र प्राज्ञिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ।
संगठनका वरिष्ठ उपाध्यक्ष मनोज विष्टद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा संगठनले १७ असारमा सरकारले गरेको नियुक्ति दलीय बफादारिताका आधारमा भएको आरोप लगाउँदै यसले विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता तथा उच्च शिक्षा क्षेत्रको गरिमामाथि गम्भीर आघात पुगेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)