रोनाल्डो वा मोड्रिचमध्ये एक महानायक आज विश्वकपको सबैभन्दा ठुलो मञ्चबाट सधैँका लागि बिदा हुँदै!
barnanmedia.com · Thu Jul 02 10:35:29 GMT 2026

विश्व फुटबलका दुई जिउँदा इतिहास— पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो (४१ वर्ष) र क्रोएसियाका कप्तान लुका मोड्रिच (४० वर्ष) बीच फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा एउटा यस्तो ऐतिहासिक र निष्ठुरी युद्ध हुँदैछ, जसले संसारभरका लाखौँ प्रशंसकहरूको मन छिन्नभिन्न पार्नेछ। यो केवल एउटा साधारण फुटबल म्याच मात्र होइन; यो दुई घनिष्ठ मित्र र फुटबलका दुई महानायकहरूबीचको 'द लास्ट डान्स' (The Last Dance) हो।
क्यानडाको टोरन्टो रंगशालामा हुने यस खेल नेपाली समय अनुसार शुक्रबार (असार १९ गते) बिहान ठीक ४:४५ बजे सुरु हुनेछ। ४० वर्षको उमेर पार गरिसकेका यी दुवै खेलाडीका लागि यो नै करियरको अन्तिम विश्वकप हो भन्ने कुरामा कसैलाई दुविधा छैन। त्यसैले खेलको ९० मिनेटको निर्णयसँगै यी दुईमध्ये एक फुटबल आइकन आफ्नो खेल जीवनकै सबैभन्दा ठुलो मञ्चबाट सधैँका लागि आँसु झार्दै बाहिरिने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)