देश चिनाउने माध्यम खेलकुद होः मन्त्री आले
dcnepal.com · Sat Apr 02 16:59:49 GMT 2022
बारा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन् । आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रहेको बताएका हुन् ।
उनले विभिन्न देश खेलकुदका माध्यमबाट संसारमा चिनिएका दृष्टान्त प्रस्तुत गर्दै मुलुकमा खेलकुदको विकासका लागि उचित नीति र वातावरणको आवश्यकतामा जोड दिए । मन्त्री आलेले भारत क्रिकेट खेलकै कारण विश्वभर चिनिएकाले हाम्रो देश नेपाल पनि खेलकुदकै कारण संसारमा चिनाउन आवश्यक रहेको बताए । संसारका ठूला अनुसन्धानहरुले पनि स्वस्थ्य मानव जीवनका लागि खेलकुद नै ठूलो स्रोत भएको देखाएका उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)