हुलाक मार्फत राहदानी वितरण सुरु
gorkhapatraonline.com · Mon May 18 05:38:43 GMT 2026

प्युठान जिल्लामा हुलाक मार्फत राहदानी वितरण सुरु भएको छ । सरकारको शासकीय सुधारका १०० कार्यसूचि अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हुलाक कार्यालयबीच राहदानी सुरक्षित रुपमा सेवाग्राहीसम्म पुर्याउने समझदारी भएपछि घरमै सेवाग्राहीले राहदानी पाउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा राहदानीको फाराम भर्ने व्यक्तिबाट राहदानी प्राप्त गर्ने स्थानको विवरण समेत सङ्कलन गर्ने गरिएको छ । राहदानी सम्बन्धीत व्यक्तिले बुझे-नबुझेको विवरण अद्यावधिक गर्ने समझदारी समेत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)