सडक संघर्षको होडबाजीमा दल र असन्तुष्ट जेनजी
rajdhanidaily.com · Mon Oct 27 23:02:56 GMT 2025
काठमाडौं । जेनजी प्रदर्शनपछिको राजनीतिक तरलताको व्यवस्थापनका लागि सबै विकल्पमा तयार हुन दलहरूले शक्ति संगठित गर्ने रणनीति लिएका छन् । लोकतन्त्रलाई लिकमा ल्याउन कानुनी बाटोबाट संसद् पुनःस्थापना, निर्वाचनमार्फत ताजा जनादेश वा सडक आन्दोलनबाट राजनीतिक शक्तिको औचित्य पुष्टि गर्ने विकल्पमा जुट्न दलहरूले सडकमार्फत शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
नयाँ पुस्ताको असन्तुष्टि, आलोचना र आक्रोश खेपेका राजनीतिक दलहरू जेनजी प्रदर्शनपछिको अलमल चिर्दै आफ्नो शक्ति देखाउन सडक कब्जा गर्ने प्रयासमा लागेका हुन् । सत्ता पक्षले समेट्न नसकेका जनभावनालाई समेट्ने ठाउँका रूपमा परिचय बनाएको सडक आन्दोलनको साथ लिएर जेनजीले राजनीतिक परिवर्तन गरेकाले सडकको महत्व सम्झँदै राजनीतिक दलहरूले सडक संघर्षको विकल्प अँगालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)