बोल्न त बोल्ने तर कसरी ?
nayapatrikadaily.com · Mon Oct 30 00:24:00 GMT 2023
कुनै एक देशमा एकजना राजा थिए । एकपटक उनलाई आफ्नो आयुबारे जान्ने इच्छा भयो । उनले आफ्ना राजज्योतिषीलाई बोलाउन पठाए । राजाको बोलावट पाउनासाथ राजज्योतिषी तत्काल दरबारमा हाजिर भए । राजज्योतिषी उपस्थित हुनासाथ राजाले आफ्नो चिनाटिप्पणी अघि सार्दै भने– ल त ज्योतिषीजी, यी चिना टिप्पणी हेरेर मेरो आयु कति छ, त्यो पत्ता लगाइदिनुहोस् त !
ज्योतिषीले राजाको चिना टिप्पणी हेरेर केहीबेर धुलौटोमा हिसाबकिताब गरे । सबै गणना सकिएपछि निश्चिन्त हुँदै राजालाई भने– महाराज, हजुरका सबै सन्तानको मृत्यु भएको हजुर आफैँले देख्नुपर्नेछ । हजुरले उहाँहरू सबैको शोक व्यहोर्नुपर्नेछ । ज्योतिषीका कुरा सुनेर राजा औधी रिसाए । उनले तत्काल ज्योतिषीलाई पक्राउ गर्न लगाएर जेल सजाय सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)