मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विप्लव र कलमले अड्काए कम्युनिस्ट एकता

rajdhanidaily.com · Mon Oct 27 23:10:49 GMT 2025

काठमाडौं । समाजवादी मोर्चा आबद्ध दलहरूबीच एकतामार्फत नयाँ समाजवादी ध्रुवीकरणको सन्देश दिने तयारीस्वरूप चर्चा चलेको समाजवादी एकता छेवैमा पुगेर अड्किएको छ । मोर्चा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपालगायतको एकता प्रक्रिया अन्तिम चरणमा पुगेर अलमलिएको छ ।

गत ३ असोजको संविधान दिवसका दिन नै एकता घोषणा गर्ने तयारीमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीको योजना जेनजी आन्दोलनका कारण प्रभावित भएको थियो । जेनजी आन्दोलनको समीक्षा गर्दै दुई पार्टीको बैठकले कार्यदल बनाएर नै एकता प्रक्रियालाई अन्तिम रूप दिँदै ३० कात्तिकभित्र एकता घोषणा गर्ने चर्चा गरे पनि आन्तरिक मतभेदका कारण छेवैमा पुगेको एकता प्रक्रिया प्रभावित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)