मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विद्यार्थीबाट अतिरिक्त रकम उठाउने केएमसीको बेसिक साइन्स भवनमा ताला

nayapatrikadaily.com · Mon Jan 03 00:31:00 GMT 2022

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन् । कलेजले एमबिबिएसमा अध्ययनरत विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुल्न खोजेपछि विद्यार्थी संगठनहरूले आइतबार संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

कलेजमा अहिलेसम्म १५ विद्यार्थी मात्रै भर्ना भएका छन् । ‘भारतीय र नेपाली गरी १५ जना भर्ना भएकाले पठनपाठन सुरु गरेका छन् । अरुले विद्यार्थीले अतिरिक्त रकम मागिएको भन्दै विरोध जारी राखेका छन्,’ एक विद्यार्थीले भने । सोमबारदेखि धर्ना पनि सुरु गर्ने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)