एन्फाको अनियमितताको उजुरीमा छानविन हुँदैछ, सरकारको कुनै दवाव छैन : मन्त्री पोखरेल
annapurnapost.com · Thu Jul 02 10:52:06 GMT 2026
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको दावी गरेका छन् । बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले एन्फाभित्र व्यापक भ्रष्टाचार र अनियमितताका उजुरी परेका छानविन सुरु गरेको तर सरकारले कुनै हस्तक्षेप नगरेको बताएका हुन् ।
फिफाले एन्फालाई निलम्वन गरेको बिषयमा मन्त्री पोखरेलले विगतमा एन्फामा सरकारी हस्तक्षेप हुँदै आएको भन्दै केवल वर्तमान सरकारको हस्तक्षेपको कारण नभएको उल्लेख गरे । उनले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षता गठित छानबिन समितिको प्रतिवेदन प्राप्त हुने बितिकै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने जानकारी दिए । फिफा तथा एएफसीका पदाधिकारीहरूलाई पनि वार्ताका लागि आमन्त्रण गरिसकिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)