चितवनका दुई हजार पाँच सय किसान सूचीकृत
ratopati.com · Sun Mar 03 17:27:00 GMT 2024
चितवन । राष्ट्रिय किसान आयोगले चितवनका दुई हजार पाँच सय ४२ किसान आयोगमा सूचीकृत भएको जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको किसान हकहित तथा अधिकार संरक्षण एवं प्रवर्द्धनसम्बन्धी अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै कृषि सूचना तथा प्रशिक्षण केन्द्रका पशु चिकित्सक डा सञ्जीव पण्डितले सो जानकारी दिए ।
आयोगका अनुसार सूचीकृतका लागि कूल सात हजार एक सय २८ निवेदन परेका थिए । जसमध्ये हाल चार हजार एक सय ३८ वटा फाइल हेर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले चार सय ५६ किसानका कागजपत्र अपुग हुँदा दर्ता नभएको समेत उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)