मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. शर्माको केएमसीको स्वास्थ्य टोली बालाजुमा, ६२१ बिरामीको निःशुल्क स्वास्थ्य शिविर

barnanmedia.com · Fri Aug 02 21:49:03 UTC 2024

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बालाजुमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

दुग्ध वितरण आयोजनाले बालाजु औद्योगिक क्षेत्रभित्र गरेको शिविरमा ६२१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ९७ जनाको भिडियो एक्सरे, ८२ जनाको ईसीजी, १०४ जनाको ल्याब परीक्षण गरिएको थियो भने २२ जनाको दाँत निकालिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)