मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती दाजुबहिनी भएको पुष्टि -करिस्माकाे परेकाे थियाे डीभी गेस्टहाउसमा मृत भेटिइन

barnanmedia.com · Fri Aug 02 22:01:13 UTC 2024

काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ। बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्की काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्टहाउसमा मृत फेला परेका छन्।

गेस्टहाउसको कोठा नम्बर २०४ मा भित्रबाट ढोका बन्द गरेर बसेको र होटलका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै जना मृत फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। करिस्मा घाँटी काटिएको अवस्थामा र भरत झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलको मुचुल्का सकेर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान गरिरहेको पनि एसपी अधिकारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)