मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लोकसभा चुनावका लागि भारतीय कांग्रेसको घोषणापत्र - भाजपा र प्रधानमन्त्री मोदीको चर्को आलोचना

Ujyaaloonline.com · Fri Apr 05 23:12:45 UTC 2024

भारतीय कांग्रेस पार्टीले यस पटकको लोकसभा चुनाव लोकतन्त्र र संविधान बचाउने अवसर भएको दाबी गरेको छ । पार्टीको घोषणापत्र जारी गर्ने क्रममा कांग्रेस नेता राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका संयन्त्रहरू कब्जा गरेर लोकतन्त्रमाथि आक्रमण गरेको आरोप लगाउँदै हुन गइरहेको चुनाव त्यो आक्रमण रोक्ने अवसर भएको बउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले आफूहरूको घोषणपत्र भारतको राजनीतिक इतिहासमा न्यायको दस्तावेज भएको दाबी गर्नुभयो । कांग्रेसले घोषणापत्रमा अहिले सेनामा लागू भएको अग्निपथ योजना हटाएर पुरानै नियमअनुसार भर्ना गर्ने, जम्मु कश्मीरलाई पहिले जस्तै राज्यको दर्जा दिने, केन्द्र सरकारमा रिक्त रहेका ३० लाख रोजगारीको पद पूर्ति गर्ने लगायत प्रतिबद्धता व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)