मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एकसय वटाभन्दा बढी उडान रद्द

Ujyaaloonline.com · Fri Apr 05 23:13:35 UTC 2024

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा एक सय नौ वटा घरेलु उडान रद्द भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

वर्षा र बाढीको प्रकोप बढ्दै गएकाले आउँदो केही घन्टाहरूमा रद्द हुने उडानको सङ्ख्या अझै बढ्ने देखिएको छ । न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको खबरमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)