मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजापट्टीमा युद्ध सुरु भएयता दुईतिहाइ भवन क्षतिग्रस्त

barnanmedia.com · Fri Aug 02 22:22:37 UTC 2024

गाजापट्टीमा अक्टोबरमा युद्ध सुरु भएयता झन्डै दुईतिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

“गाजापट्टीमा एक लाख ५१ हजार २६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ,” राष्ट्रसंघीय स्याटेलाइट सेन्टरले भनेको छ, “यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० प्रतिशत सम्भवतः क्षतिग्रस्त भएका छन् । यो यस क्षेत्रका कुल संरचनाको करिब ६३ प्रतिशत हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)