इजरायलका नेपालीलाई नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन दूतावासकाे अनुरोध
barnanmedia.com · Fri Aug 02 22:20:42 UTC 2024

इजरायलमा रहेका नेपालीलाई त्यहाँको नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन अनुरोध गरिएको छ ।
इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै त्यहाँ पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै यस्तो अनुरोध गरेको हो । जुनसुकै बेला इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी हुन सक्ने भन्दै प्रोटोकलबारे जानकार रहन भनिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)