मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे शीर्ष नेता भेट्दै उद्योगीहरू

ekantipur.com · Thu Dec 28 01:29:11 GMT 2023

काठमाडौँ — डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि उद्योगी समूहले राजनीतिक नेतृत्वसँग भेटघाट गर्न थालेका छन् । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि ९ वटा उद्योगको विद्युत् काटिसकेको छ । परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगी समूहले राजनीतिक दलका नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् । मंगलबार ओलीसँग भेटघाट गरेको उद्योगी समूहले बुधबार देउवासँग भेटघाट गरेका हुन् । कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्थाअनुरूप विवाद समाधान हुनुपर्ने बताएको भेटमा सहभागी उद्योगीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)