सीको उत्तर कोरिया भ्रमणपछि सम्बन्धको नयाँ खाका
kendrabindu.com · Thu Jun 11 01:17:18 GMT 2026
सियोल । चिनियाँ राष्ट्रपति सी जिनपिङको प्योङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि ‘दूरगामी खाका’ तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेलगत्तै सीले उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए । उत्तर कोरिया र रुसबीच पछिल्लो समय असाधारण रूपमा नजिकिएको सम्बन्धका बीच भएको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)