एसर्ईई र १२ मा जिल्ला ‘टप’
rajdhanidaily.com · Fri Aug 02 23:16:53 UTC 2024
गुल्मी । कक्षा १२ को शुक्रबार सार्वजनिक नजितामा रेसुंगा माध्यमिक विद्यालयकी गृष्मा पाण्डे ‘जिल्ला प्रथम’ भएकी छन् । रेसुंगा नगरपालिका–२ मा रहेको रेसुंगा माविमा अध्ययनरत पाण्डेले ३.८२ जीपीए प्राप्त गरी ‘जिल्ला प्रथम’ भएको प्रध्यानाध्यापक भागिरथ भण्डारीले जानकारी दिए ।
रेसुंगा माविमा ‘प्लस टु’मा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषय अध्यापन हुँदै आएको छ । प्रधानाध्यापक भण्डारीले विद्यार्थी, अभिभावक र शिक्षकको निरन्तरको मेहनतको परिणामले नजिता प्राप्त भएको प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)