चिनी अभाव बढेपछि उद्योगमन्त्री गुहार्दै व्यवसायी
ekantipur.com · Sun Sep 24 16:42:52 GMT 2023
काठमाडौँ — आफ्ना उद्योगहरूलाई चिनी अभाव भएको भन्दै नेपाल बिस्कुट उत्पादक संघ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग डेलिगेसनमा गएको छ । चिनी अभावका विषयमा सम्बद्ध मन्त्रीलाई भेटेर जानकारी गराउन आफूहरू आइतबार डेलिगेसनमा गएको संघका अध्यक्ष ओमनाथ महर्जनले बताए । ‘तर मन्त्रीज्यूबाट कसरी समस्या समाधान हुन्छ भन्नेमा स्पष्ट कुरा आएन,’ उनले भने ।
स्वदेशमै आत्मनिर्भर हुँदै गएको बिस्कुट उद्योगमा कच्चापदार्थ एवं चिनी अभावलगायत समस्याले उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको उनको भनाइ छ । ‘सरकारले चिनी अभाव हुने देखेपछि बेलैमा यसबारे जानकारी राखेर व्यवस्था गर्नपर्छ,’ उनले प्रश्न गरे, ‘हामी व्यापारी यो भएन, त्यो भएन भनेर कति दिन मन्त्रालय धाउने ?’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)