पहिरोपीडित परिवारलाई हङकङबाट ११ लाख बढी राहत
rajdhanidaily.com · Fri Aug 02 23:25:57 UTC 2024

लमजुङ पहिरोबाट परिवारका सदस्य र घर गुमाएका पीडितलाई हङकङबाट ११ लाख बढीको राहत प्राप्त भएको छ । लमजुङ सेवा समिति हङकङले क्व्होलासोथार गाउँपालिका–३ बगुम र दोर्दी गाउँपालिका–९ हिलेटक्सारका पहिरोपीडितलाई सो राहत रकम उपलब्ध गराएको हो ।
गत ११ असार राति गएको पहिरोबाट परिवारका सदस्य र घर गुमाएका पीडित परिवारलाई हङकङबाट पठाइएको राहत रकम जिल्ला सदरमुकाम बेंसीसहरमा एक कार्यक्रमबीच सम्बन्धित परिवारलाई प्रदान गरिएको हो । हङकङकमा विभिन्न पेसा व्यवसाय गरी बसेका १ सय २७ जना लमजुङेहरूले संकलन गरी पठाएको ११ लाख २३ हजार ५ सय ४० रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)